बुधबार, भदौ ३, २०८३

शौच गर्न गएकी महिला वडा सचिवबाट बलात्कृत

शौच गर्न रातिको समयमा घर बाहिर निस्केकी बारा रौवाहीका एक महिला वडा सचिवबाट बलात्कृत भएकी छिन् ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

बारा- शौच गर्न रातिको समयमा घर बाहिर निस्केकी बारा रौवाहीका एक महिला वडा सचिवबाट बलात्कृत भएकी छिन् ।

देवताल गाउँपालिका ६ का वडा सचिव रहेका रौवाहीकै बलिराम मण्डलाई ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको छ। घटना आइतबार भएको थियो ।

घरबाट निस्केर गाउँ बाहिर शौच गर्न जाँदै गर्दा मण्डलले ती महिलालाई नजिकै रहेको उखुबारीमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताएका छन्।

वडा सचिव मण्डलले ती महिलालाई जर्बजस्ती करणी गरेको जानकारी पाए लगतै प्रहरीले मण्डललाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको मिश्रले बताए।

घरमा शौचालय नहुँदा रातिको समयमा घर बाहिर निस्कने महिलाहरु बालत्कारको सिकार हुने गरेको घटनाहरु पटक पटकमा सार्वजनिक हुँदै आएको छ।

प्रकाशित: Jan 22, 2020| 07:38 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।