बुधबार, भदौ ३, २०८३

रु. २५ मै एक छाक खाना

तपाई हामी जो कसैले होटलमा खाना खाँदा सामान्यतया डेढ दुईसय हाराहारी रकम तिरेर एक छाक शाकाहारी खाना खाने गर्दछौँ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

कपिलवस्तु- तपाई हामी जो कसैले होटलमा खाना खाँदा सामान्यतया डेढ दुईसय हाराहारी रकम तिरेर एक छाक शाकाहारी खाना खाने गर्दछौँ।

तर कपिलवस्तु, चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले भने अब हरेक हप्ताको मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रु. २५मै खाना खुवाउने व्यवस्था गरेको छ।

मङ्गलबार सो कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले सस्तो मूल्यमा स्वादिष्ट र स्वस्थकर खाना खुवाउने व्यवस्था निकै सराहनीय रहेको बताए।

प्रदेशसभा सदस्य केसीले रु २५ तिरेर खाना खाँदै खाना निकै स्वादिष्ट भएको बताए। थौरै आम्दानी भएकाका लागि यो निकै राम्रो भएको उनले बताए।

रु २५ मै खाना पाउँदा पूर्वपश्चिम आवातजावत गर्ने यात्रुका लागि यो सुविधाले फाइदा पुर्याउने वडा नं। ५ का वडाध्यक्ष अर्जुनबहादुर पाण्डेले बताए। ‘खाना निकै मीठो छ, रु.२५कै खाना पनि ठूला होटलमा पाइने खाना जस्तै स्वादिष्ट छ’, पाण्डेले भने।

संस्थाका सल्लाहाकार विजय जयसवालले अहिले साप्ताहिक रुपमा खाना खुवाउने भनेर यसको थालनी गरेको बताउँदै यो सफल हुँदै गएमा दैनिक बनाउने लक्ष्य लिइएको जानकारी दिए।

अहिले संस्थामा आवद्ध स्थानीय युवाको सक्रियता र सहयोगमा साप्ताहिक सस्तोमा खानाको व्यवस्था गरिएको र यसलाई सफल बनाउन अन्यत्रबाट सहयोग आए दैनिक बनाउने उनले बताए।

प्रत्येक हप्ताको मङ्गलबार चन्द्रौटामा रहेको गङ्गा कम्प्लेक्स अगाडि बिहान १० देखि साँझ ५ बजे सम्म रु २५ मा खाना खाने व्यवस्था हुने आयोजकले जनाएको छ। रासस

प्रकाशित: Jan 21, 2020| 19:20 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।