बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा निर्वाचनका उम्मेदवार सिंहलाई पक्राउ गर्न प्रहरीमा निवेदन

राष्ट्रियसभा निर्वाचनका उम्मेदवार सिंहलाई पक्राउ गर्न प्रहरीमा निवेदन

राष्ट्रियसभा सदस्य निर्वाचनमा राजपा नेपालबाट उम्मेदवारी दिएका शेखरप्रसाद सिंहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको छ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

जनकपुरधाम - राष्ट्रियसभा सदस्य निर्वाचनमा राजपा नेपालबाट उम्मेदवारी दिएका शेखरप्रसाद सिंहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको छ। एक दिनअघि उम्मेदवारी रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको नेपाली कांग्रेसले मंगलबार सिंहलाई पक्राउ गर्न प्रहरी कार्यालयमा निवेदन दिएको हो।

सिंह फौजदारी अभियोगमा दोषी ठहर भई फरार रहेको भन्दै पक्राउ गर्न नेपाली कांग्रेसका उम्मेदवार भोला पंजियारले मंगलबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका हुन्।

यसअघि पंजियारले सोमबार सिंहको उम्मेदवारी रद्द गर्न माग राख्दै जनकपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगमा उजुरी दर्ता गराएका थिए। कांग्रेस उम्मेदवार पंजियारले धनुषाका साथै जिल्ला प्रहरी कार्यालय सप्तरीमासमेत सिंहलाई पक्राउ गर्न निवेदन दर्ता गराएका छन्।

कुटपिट तथा अंगभंग मुद्दामा अदालतले दुई वर्ष कैद सजाय सुनाएपनि सिंहले हालसम्म कैद भुक्तान नगरेको भन्दै सिंहविरुद्ध उजुरी परेको हो। सिंह नेकपा–राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवार बनेका छन्।

यसैगरी उजुरी दर्ता गराएका कांग्रेसका उम्मेदवार पंजियारलेपनि कांग्रेस–समाजवादी पार्टीको गठबन्धनबाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। राजपा उम्मेदवार सिंह सप्तरीका हुन् भने पंजियार धनुषावासी हुन्।

प्रकाशित: Jan 21, 2020| 18:37 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।