बुधबार, भदौ ३, २०८३

सरकार नागरिक स्वतन्त्रतामा बन्देज लगाउँदै छ: निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार मुलुकमा तानाशाही लाद्नतर्फ उद्यत रहेको आरोप लगाएका छन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार मुलुकमा तानाशाही लाद्नतर्फ उद्यत रहेको आरोप लगाएका छन्।

नेकपा नेतृत्वको सरकारले विभिन्न कानुनहरु बनाएर नागरिक हक र स्वतन्त्रतामा बन्देज लगाउने तयारी गरिरहेको भन्दै निधिले लोकतन्त्रको रक्षाका लागि सबै नेपाली सचेत हुन आग्रह गरेका छन् ।

सिरहाको सुखीपुर–५ लडकन्हा हनुमाननगरमा मंगलबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निधिले भने, “सरकार लोकतन्त्र मास्नेगरी विधेयकहरु ल्याउँदै छ, लोकतन्त्रको दियो निभाउन खोज्दैछ। लोकतन्त्र जोगाउन सम्पूर्ण नेपाली जनता एकजुट हुने बेला आएको छ ।”

संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित पार्नेगरी सरकारले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक ल्याएको भन्दै उनले लोकतन्त्रविरोधी क्रियाकलाप कुनै हालतमा मान्य नहुने बताए।

एक फरक प्रसंगमा निधिले पार्टी महाधिवेशनको तयारीक भइरहेको बताउँदै पार्टीभित्र देखिएको मतभेद चाँडै अन्त्य हुने उल्लेख गरे ।

मुलुकको नयाँ संरचनाअनुसार पार्टीको संरचनामा समेत परिवर्तन गर्नुपर्ने भएकोले महाधिवेशन ढिला भएको उनको भनाई छ। “पार्टीका केही साथीहरु महाधिवेशनको लागि हतार गरिरहनु भएको छ,” उनले भने, “पार्टीभित्र पनि प्रतिनिधि चयन गर्नुपरेकोले प्रणाली निर्माणमा समय लागेको हो, अन्यथा केही होइन।”

 

प्रकाशित: Jan 21, 2020| 17:04 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।