बुधबार, भदौ ३, २०८३

स्वास्थ्य अनुसन्धान परिषदबाट ५७ कर्मचारी निकालिए

ठूलो संख्यामा कर्मचारी एकैपटक बाहिरिएपछि परिषदमा चलिरहेका कार्यक्रम प्रभावित भएको परिषदका रिसर्च युनिट प्रमुख डा. मेघनाथ धिमालmे बताए । विशेष तालिम दिएर राखिएका कर्मचारी बिदा काम ठप्पजस्तै भएको धिमालले दाबी गरे । हाल परिषदमा २४ जना स्थायी कर्मचारीले काम गरिरहेका छन् ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा कर्मचारी भर्नाको विषयलाई लिएर स्वास्थ्य मन्त्रालयले प्रश्न उठाएसँगै परिषद्का ५७ कर्मचारी जागिरबाट निकालिएका छन्। परिषदका विभिन्न परियोजनामा करारमा नियुक्त ती कर्मचारीहरुको भर्ना प्रकृया नियमसंगत नभएको भन्दै स्वास्थ्य मन्त्रालयले प्रश्न उठाएको थियो ।

करारका कर्मचारीलाई बिदा गरिएको परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए । उनले भने, ‘करारका कर्मचारी भर्ना अपारदर्शी भयो भन्ने मन्त्रालयको निर्देशनात्मक पत्र आयो । त्यसैले हामीले उनीहरूलाई माघ १ गतेदेखि बिदा गरेका हौं ।’ करारका ५७ जना कर्मचारीको पुस मसान्तमा करार सकिएको थियो। उनीहरूको करार नवीकरण नगरिएकोले स्वतः विदा दिएको झा बताउँछन् ।

ठूलो संख्यामा कर्मचारी एकैपटक बाहिरिएपछि परिषदमा चलिरहेका कार्यक्रम प्रभावित भएको परिषदका रिसर्च युनिट प्रमुख डा. मेघनाथ धिमालmे बताए । विशेष तालिम दिएर राखिएका कर्मचारी बिदा काम ठप्पजस्तै भएको धिमालले दाबी गरे । हाल परिषदमा २४ जना स्थायी कर्मचारीले काम गरिरहेका छन् ।

‘क्यान्सर रजिष्ट्री, मेन्टल हेल्थ, सिकलसेल लगायतको अध्ययन अन्तिम अवस्थामा रहेका बेला करारका सम्पूर्ण कर्मचारीलाई विदा गर्नुपर्दा काममा प्रभाव परेको छ,’ धिमालले भने, ‘मन्त्रालयले नै नियमसंगत भएन भनेपछि उहाँहरूलाई पठाउनुको विकल्प भएन ।’

परिषदका कार्यकारी अध्यक्ष डा. झाले भने कर्मचारीको करार रद्द गरिएको नभई नवीकरणमात्र नभएको स्पष्ट पारे । परिषदमा अनियमितता भएको भन्दै उजुरी परेपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित: Jan 21, 2020| 17:03 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।