बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रेस युनियनको महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा

प्रेस युनियनको महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा

लोकतान्त्रिक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन आगामी चैत २१ र २२ गते नेपालगञ्जमा हुने भएको छ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं- लोकतान्त्रिक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन आगामी चैत २१ र २२ गते नेपालगञ्जमा हुने भएको छ।

मंगलबार चितवनमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो।

यसअघि गत मंसिर २७ गतेका लागि तय गरिएको महाधिवेशन कुनै सूचना बिनै स्थगित भएको थियो।

२०७१ भदौमा पोखरामा भएको महाधिवेशनले ४ वर्षे कार्यकालका लागि बद्री सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।

प्रेस युनियनको ४ वर्षे कार्यकाल गत भदौमै सम्पन्न भए पनि एक वर्ष म्याद थप्न पाईने अधिकार विधानमा रहेकाले त्यसको झण्डै ६ महिनापछि चैतमा लागि म्याद तोकिएको छ।

नेपाली कांग्रेस निकट पत्रकारहरु संगठन नेपाल प्रेस युनियन २०४८ सालमा प्रजातान्त्रिक धारका पत्रकारहरुको ट्रेड युनियन संगठनका रुपमा स्थापना भएको हो।

साथै अन्तर्राष्ट्रिय पत्रकार महासंघ र अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघबाट पनि सबैभन्दा पहिले मान्यता प्राप्त गरेको संगठन हो।

प्रकाशित: Jan 21, 2020| 16:28 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।