मंगलबार, भदौ २, २०८३

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध

सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन हुने भएका छन्। मंगलबार निर्धारित समय (दिउँसो २ बजे) सम्ममा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध हुने भएका हुन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन हुने भएका छन्। मंगलबार निर्धारित समय (दिउँसो २ बजे) सम्ममा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध हुने भएका हुन्।

यसको औपचारिक घोषणा भने यही माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने संसद सचिवालयले जनाएको छ। संसद् सचिवालयले हिजो (सोमबार) सभामुख निर्वाचनका लागि १२ गतेको मिति तोकेको थियो।

सांसद सापकोटाले नेकपाका सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र ओनसरी घर्ती, देव गुरुङ तथा राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मेदवारी दर्ता गराएका थिए।

यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो।

असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। गएको आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।

प्रकाशित: Jan 21, 2020| 15:12 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।