बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दामनको रिसोर्टमा मृत्यु भएका भारतीय पर्यटकको सनाखत (अपडेट)

दामनको रिसोर्टमा मृत्यु भएका भारतीय पर्यटकको सनाखत (अपडेट)

सबैलाई हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं– मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा बेहोस भेटिएका आठैजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत केरलका ३८ वर्षीय रञ्जित कप, ३५ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय वैष्णव र ९ वर्षीय बन्द्रा रहेको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए।

सबैलाई हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो। काठमाडौं पठाउँदासम्म सबैजना बेहोस अवस्थामै रहेको इलाका प्रहरी कार्यालय पालुङका इन्चार्ज इन्स्पेक्टर विकास तामाङले नेपाल समयलाई जानकारी दिए। उनका अनुसार उनीहरु सोमबार दिउँसो पोखराबाट दामन पुगेका थिए।

प्रकाशित: Jan 21, 2020| 12:33 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।