बुधबार, भदौ ३, २०८३

सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौँ —  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने र नेकपाको उम्मेदवारलाई पनि समर्थन नगर्ने निर्णय गरेको सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

उनका अनुसार संसद्‌मा नेकपाको बहुमत रहेकाले कांग्रेस तटस्थ बस्ने निर्णय गरेको हो ।

त्यस्तै, राष्ट्रिय सभा निर्वाचनका लागि ध्यान केन्द्रित गर्ने निर्णय गरेको पनि उनले जानकारी दिइन्।

संसद् सचिवालयले आज (मंगलबार) बिहान ११ बजेदेखि २ बजेसम्म सभामुखमा उम्मेदवारी दर्ता गराउने समय तोकेको छ।

भुसालका अनुसार सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई दिन नेकपा तयार भए मिलेर जाने नभए विपक्षीको गठबन्धन बनाएर अगाडि बढ्ने पनि बताइन्।

संविधानमा एउटै दल र लिंगको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था भएकाले नेकपाले एक पद छोड्नै पर्ने बाध्यता छ।

नेकपाले सभामुखमा नेता अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

प्रकाशित: Jan 21, 2020| 12:09 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।