बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दामनको एभरेष्ट पानारोमामा आठ भारतीय बेहोस, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

दामनको एभरेष्ट पानारोमामा आठ भारतीय बेहोस, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा आठ जना भारतीय नागरिक बेहोस अवस्थामा भेटिएका छन् ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं- मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा आठ जना भारतीय नागरिक बेहोस अवस्थामा भेटिएका छन् ।

राति अबेर सुतेका उनीहरु बेहोस अवस्थामा भेटिएका हुन् । बेहोस हुनेमा चार पुरुष र चार महिला रहेको प्रहरीले जनाएको छ।

उनीहरुमध्ये पाँच जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ भने बाँकी तीन जनालाई पनि ल्याउने तयारी भइरहेकाे छ।

सबै जना अझै बेहोस अवस्थामै रहेको इलाका प्रहरी कार्यालय पालुङका इन्चार्ज इन्स्पेक्टर विकास तामाङले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार उनीहरु सोमबार दिउँसो पोखराबाट दामन पुगेका थिए। उनीहरु आठै जना एउटै कोठमा सुतेकाले निस्सासिएर बेहोस भएको हुनसक्ने प्रहरीको आशंका छ।

भारतको केरलबाट १५ जनाको समूहमा नेपाल घुम्न आएका पर्यटकमध्ये एउटै कोठामा हिटर बालेर सुतेका ८ जना बेहोस भएको बुझिएको छ। 

प्रकाशित: Jan 21, 2020| 10:59 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।