बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल र भारतका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत आज आईसीपी उद्घाटन गर्दै

नेपाल र भारतका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत आज आईसीपी उद्घाटन गर्दै

नेपाल र भारतका प्रधानमन्त्रीले आज संयुक्तरूपमा भिडियो कन्फ्रेन्समार्फत मोरङको बुधनगरस्थित नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटन गर्दैछन्।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

विराटनगर– नेपाल र भारतका प्रधानमन्त्रीले आज संयुक्तरूपमा भिडियो कन्फ्रेन्समार्फत मोरङको बुधनगरस्थित नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटन गर्दैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवारबाट र भारतका समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट बिहान ११ बजे संयुक्तरूपमा आईसीपी उद्घाटन गर्ने कार्यक्रम तय भएको संघीय आयोजना कार्यान्वय इकाई मोरङले जनाएको छ।

आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका–१८ मा आईसीपी निर्माण गरिएको हो।

आईसीपी सञ्चालनसँगै आयात–निर्यात सहज हुने ठानिएको छ ।

आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकमलाई ठेक्का दिइएको थियो। सम्झौताअनुसार भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरेको छ। आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ।

आईसीपी निर्माण लक्ष्यभन्दा १५ महिनापछि मात्रै सम्पन्न भएको हो। सम्झौतामा यसको निर्माण दुई वर्षमा सक्ने लक्ष्य छ।

प्रकाशित: Jan 21, 2020| 10:09 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।