बिहीबार, चैत १२, २०८२

अपरेसनको चार हप्ताअघि धुम्रपान छाडे संक्रमणको कम खतरा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको त्यस अध्ययनमा धुम्रपान गर्नेहरुलाई ठूलो सानो दुवै प्रकारका शल्यक्रियापछि संक्रमणको खतरा बढी हुने भए पनि चार हप्ता अगाडिदेखि नगरेकाहरूलाई कम खतरा देखिएको उल्लेख छ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

शल्यक्रिया (अपरेसन) गर्नुपर्ने बिरामीले शल्यक्रिया गर्नु चार हप्ता अगाडि धुम्रपान छाडेमा त्यसबाट हुने खतरा धेरै कम हुने एक अध्ययनले देखाएको छ। कम्तीमा चार हप्ता अगाडिदेखि मात्रै पनि धुम्रपान नगरेमा रगतमा धेरै सुधार भएर शल्यक्रियापछि हुने संक्रमणको सम्भावना निकै कम हुने एक अध्ययनले देखाएको हो ।

National life

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको त्यस अध्ययनमा धुम्रपान गर्नेहरुलाई ठूलो सानो दुवै प्रकारका शल्यक्रियापछि संक्रमणको खतरा बढी हुने भए पनि चार हप्ता अगाडिदेखि नगरेकाहरूलाई कम खतरा देखिएको उल्लेख छ।

अध्ययनका अनुसार यस्तो गर्नाले मुटुले काम गर्ने क्षमतामा पनि वृद्धि हुन्छ । अष्ट्रेलियाको न्यु क्यासल विश्वविद्यालय र वर्ल्ड फेडेरेसन अफ सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट (डब्लुएफएसए) सँगको सहकार्यमा डब्लुएचओले अध्ययन गरेको हो।

चार हप्तासम्म तमाखु सेवन नगर्दा स्वास्थ्य अवस्थामा करिब १९ प्रतिशत सुधार हुने गरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

धुम्रपानका कारण फोक्सोलाई नोक्सान गर्ने र त्यसले शरीरका अन्य अंगको स्वास्थ्यलाई पनि असर गर्ने तथा शारिरिक समस्या सृजना गर्ने बताइएको छ।

डब्लुएचओले सबै देशहरुले धुम्रपान विरुद्धको सचेतना वद्धि गर्नुपर्ने खाँचो औल्याउँदै त्यसका लागि चेतनामूलक कार्यक्रम र शैक्षिक अभियान सञ्चालन गर्न पनि सुझाव दिएको छ ।

Laxmi sunrise bank
kumari

एजेन्सी

प्रकाशित: Jan 21, 2020| 09:33 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्