मंगलबार, भदौ २, २०८३

राष्ट्रियसभा निर्वाचन तयारी पूरा : आयोग

निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं– निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री, कर्मचारी, मतपत्र पुगिसकेको बताए।

आगामी फागुन २० गते रिक्त हुन लागेका राष्ट्रियसभाका एकतिहाइ (१९) सदस्यमध्ये १८ का लागि निर्वाचन हुन लागेको हो। जसअन्तर्गत प्रदेश १ मा तीन, प्रदेश २ मा चार, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा दुई, प्रदेश ५ मा तीन, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुई जना गरी १८ सदस्यका लागि निर्वाचन हुँदैछ।

उक्त पदका लागि विभिन्न राजनीतिक दलका ४५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचनमा दुई हजार ५६ मतदाता छन्, जसमा प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका सदस्य १ हजार ५ सय ६ छन्।

राष्ट्रियसभामा रिक्त हुन लागेका एकतिहाइ सदस्यमध्ये १ लाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन्।

प्रकाशित: Jan 21, 2020| 09:24 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।