शुक्रबार, असोज ३०, २०८३

सभामुखको उम्मेदवारी दर्ता आज, कांग्रेस अनिर्णित

आउँदो माघ १२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं- आउँदो माघ १२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

संसद् भवन बानेश्वरमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने कार्यतालिका छ । संघीय संसद् सचिवालयका अनुसर आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ।

आउँदो आइतबार दिउँसो ३ बजे सभामुखको लागि मतदान हुनेछ ।

सभामुखका लागि सत्तारुढ नेकपाबाट अग्नि सापकोटाले उम्मेदवारी दिने भएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै उम्मेदवारको टुंगो लगाएको छैन् । कांग्रेस उपसभामुख पाउने पक्का भए सभामुखमा उम्मेदवारी नदिने मनस्थितिमा छ ।

तर, नेकपाले सभामुख आफू लिने र उपसभामुखमा साना दललाई समर्थन गर्ने तयारी गरेको छ । राजपाका उम्मेवार वा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित दुर्गा पौडेललाई समर्थन गर्ने नेकपाको तयारी छ ।

प्रकाशित: Jan 21, 2020| 08:51 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।