मंगलबार, भदौ २, २०८३

डेढ किलो चरेससहित वडासदस्य पक्राउ

बाजुराको बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य श्यामबहादुर खड्का चरेससहित पक्राउ परेका छन् ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

बाजुरा- बाजुराको बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य श्यामबहादुर खड्का चरेससहित पक्राउ परेका छन् ।

उनीसँगै प्रहरीले गौमूल गाउँपालिका–१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकायालाई पनि चरेसको कारोबार गरेको आरोपमा पक्राउ गरेको छ ।

उनीहरुलाई आइतबार राति बडिमालिका नगरपालिका–९ गैरी बजारबाट डेढकिलो चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । उनीहरुलाई पनि सोमबार सार्वजनिक गरिएको छ ।

प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित: Jan 21, 2020| 08:06 मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।