मंगलबार, भदौ २, २०८३

'सुदूरपश्चिम प्रदेशका मन्त्री लगामविनाका घोडा'

सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन पाँच महिना पाँच दिनपछि सोमबार सुरु भएको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

धनगढी - सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन पाँच महिना पाँच दिनपछि सोमबार सुरु भएको छ। पाँचौं अधिवेशनको पहिलो दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन दलका नेताहरुले सम्बोधन गरेका थिए। सम्बोधनमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले सरकारको चर्को आलोचना गरे।

पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारका मन्त्री विनालगामका घोडा हुँदा प्रदेशमा भ्रष्टाचारले सीमा नाघेको आरोप लगाए । प्रदेश सरकारले हालसम्म तीनवटा बजेट तथा कार्यक्रम ल्याउँदासमेत जनमूखी काम नभएको उनले आरोप लगाए। उनले केही मन्त्रीहरु जनताप्रति उत्तरदायी नभई स्वैच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै उनीहरुलाई ठीक ठाउँमा ल्याउन मुख्यमन्त्रीलाई आग्रह गरे।

नेता रावले सामाजिक विकास मन्त्रालयले गरिद गरेको एम्बुलेन्स, अल्ट्रा साउण्ड मेसिन खरिदमा आर्थिक अनियमितता तथा बाजुराको बडीमालिकामा संचालन गरेको स्वास्थ्य शिविरमा भएको डुब्लिकेशनमाथि छानबिनको माग गरे। उनले सुदूरपश्चिम प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषकका नाममा व्यापक आर्थिक अनियमितता हुने गरेको बताउँदै अन्य मन्त्रालयमा पनि अध्ययन गरिरहेको बताए। प्रदेश सरकारले ३२ वटा कानुन बनाएको दाबी गरेपनि कार्यान्वयनको अवस्था फितलो हुँदा प्रदेश सरकार भएको अनुभूती जनताले गर्न नपाएको नेता रावलको भनाई छ।

राष्ट्रिय जनता पार्टीकी प्रदेश सभा सदस्य मालामती कुमारी रानाले भ्रष्टाचार र अनियमिततामा सुदूरपश्चिम प्रदेश एक नम्बर रहेको दाबी गरिन्। प्रदेश सरकारले आफ्ना कमीकमजोरीलाई वेलैमा नसुधार्ने हो भने प्रदेश सरकार नै खतरामा पर्ने उनले चेतावनी दिइन्। प्रदेश सरकारले खरिद गरेका एम्बुलेन्स, अल्ट्रासाउण्ड मेसिन, मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता र कृषि सामाग्रीमा ठूलो भ्रष्टाचार हुँदासमेत सरकार मौन बसेकोमा उनले आपत्ती जनाइन्।

नेकपा प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य तारालामा तामाङले भने सरकारको बचाउ गरे। उनले प्रदेश सरकारले जनताको पक्षमा काम गरिरहेको दाबी गरे। प्रदेशमा रहेको सामाजिक कुरितीको अन्त्यका लागि सरकारले अभियान थालेको उनले दाबी गरे। देखिएका केही कमीकमजोरीलाई सुधार्दै बनेका कानुनहरु कार्यान्वयनमा प्रदेश सरकारको ध्यान केन्द्रीत हुनुपर्नेमा तामाङले जोड दिए।

प्रदेशसभाको अर्को बैंठक भोली (मंगलबार) दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: Jan 20, 2020| 17:19 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।