मंगलबार, भदौ २, २०८३

अब सुर्खेतबाटै सवारी लाइसेन्स

प्रदेश सरकार गठन भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । विभागले आइतबारदेखि नयाँ लाइसेन्सका लागि सुर्खेत केन्द्र तोकेर फर्म खुल्ला गरेको यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले जानकारी दिए ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

सुर्खेत । अबदेखि सुर्खेतबाटै सवारी अनुमति चालक पत्र (लाइसेन्स) वितरण गरिने भएको छ । यातायात व्यवस्था विभागले सुर्खेतबाटै लाइसेन्स वितरण गर्नेगरी अनलाईन फर्म खुला गरेको छ । यसअघि नयाँ सवारी चालक अनुमति पत्र लिन नेपालगञ्ज धाउनु पर्ने बाध्यता थियो ।

प्रदेश सरकार गठन भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । विभागले आइतबारदेखि नयाँ लाइसेन्सका लागि सुर्खेत केन्द्र तोकेर फर्म खुल्ला गरेको यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले जानकारी दिए ।

फर्म खुल्ला गरिएपछि लाइसेन्स वितरणका गर्न पूर्वाधार निर्माणको तयारीमा लागेको बताए । ‘विभागले जारी गरेको लाइसेन्स वितरण फर्ममा सुर्खेत देखाएको छ,’ चपाईले भने, ‘कार्यालयमा केही व्यवस्थापन गर्ने क्रममा चलिरहेकाले यसबारे थप अहिले नै भन्न मिल्दैन ।’

यसअघि कार्यालयमा प्राविधिकतर्फका कर्मचारी अभाव हुँदा सुर्खेतबाट नयाँ लाइसेन्स वितरण गर्न सकिएको थिएन । भौतिक पूर्वाधार विकास मन्त्रालयले करार सेवामा कर्मचारी भर्ना गरेर लाइसेन्स वितरणको काम अघि बढाइएको हो ।

 

प्रकाशित: Jan 20, 2020| 16:44 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।