मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा निर्वाचन : राजपा उम्मेदवार शेखर सिंहविरुद्ध कांग्रेसद्वारा उजुरी दर्ता

राष्ट्रियसभा निर्वाचन : राजपा उम्मेदवार शेखर सिंहविरुद्ध कांग्रेसद्वारा उजुरी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठबन्धनबाट उम्मेदवार बनेका शेखरप्रसाद सिंहविरुद्ध उजुरी दर्ता भएको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

जनकपुरधाम- राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठबन्धनबाट उम्मेदवार बनेका शेखरप्रसाद सिंहविरुद्ध उजुरी दर्ता भएको छ।

सिंह फौजदारी अभियोगमा दोषी ठहर भएकोले उम्मेदवारी खारेजीको माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार भोला पंजियरले सोमबार निर्वाचन अधिकृतको कार्यालय जनकपुरमा उजुरी दर्ता गरेका हुन्।

राजपाले सिंहलाई अल्पसंख्यक समूहबाट उम्मेदवार बनाएको छ। उजुरी दर्ता गराएका कांग्रेसका उम्मेदवार पंजियार पनि सोही समूहबाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।

राजपाका उम्मेदवार सिंहलाई सप्तरी जिल्ला अदालतले २०४४ असार २० मा कुटपिट अंगभंग मुद्दामा २ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। जिल्ला अदालतले गरेको फैसला तत्कालीन सगरमाथा अञ्चल अदालतबाट समेत सदर भइसकेको उजुरीमा भनिएको छ।

यसैगरी सर्वोच्च अदालतको पूर्ण इजलासले समेत २०५६/९/१ गते पुनरावलोकनको निस्सा नहुने आदेश दिइसकेको उजुरीमा उल्लेख छ।

राष्ट्रियसभा सदस्यको उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्थाको दफा १२ मा ‘कैदमा बसेको अवधिभर उम्मेदवार हुन नपाउने’ उल्लेख छ।

तर अदालतको फैसलाले कैद लागेका व्यक्ति फैसलालाई सम्मान नगरी सिंह हालसम्म कैद भुक्तान नगरेको कांग्रेस उम्मेदवार पंजियारले दर्ता गरेको उजुरीमा उल्लेख छ।

अदालतबाट फौजदारी कसुरमा दोषी ठहर भइसकेका व्यक्ति अदालतको फैसलाअनुसार कैद भुक्तान नगरेसम्म उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्थाअनुसार आफूले उजुरी दर्ता गराएको पंजियरले बताएका छन्।

फौजदारी मुद्दामा दोषी ठहर भइसकेको व्यक्ति राष्ट्रियसभा सदस्य जस्तो पदका लागि उम्मेदवार हुनु दुर्भाग्यपूर्ण रहेको पंजियारसँगै उजुरी दर्ता गराउन पुगेका नेपाली कांग्रेसका सदस्य आनन्दप्रसाद ढुंगानाले बताए।

अदालतबाट दोषी ठहर भएका व्यक्ति प्रहरी प्रशासन एवं जिल्ला अदालतका न्यायाधीश सामुन्ने उपस्थित भइ उम्मेदवारी दर्ता गराइ खुलेआम हिँड्नु आपत्तिजनक रहेको उनले बताए।

प्रकाशित: Jan 20, 2020| 16:34 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।