काठमाडौं- प्रतिनिधिसभामा रिक्त रहेको सभामुख पदका लागि आगामी माघ १२ गते निर्वाचन हुने भएको छ।
माघ १२ गते दिउँसो ३ बजे बोलाइएको बैठकले नयाँ सभामुख चयन गर्नेगरी संघीय संसद सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशन गर्दैछ।
उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख निर्वाचनको कार्यतालिका बनाइएको हो।
सोमबार प्रतिनिसिभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको दोस्रो बैठकले निर्वाचन कार्यतालिका सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन दिए।
सभामुख पदका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अग्नीप्रसाद सापकोटालाई उम्मेदवार बनाउने भएको छ।
संबैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख पदमा फरक पार्टी र एउटा पदमा महिला अनिवार्य हुनुपर्छ।
यस्ताे छ निर्वाचन तालिका
