मंगलबार, भदौ २, २०८३

प्रदेश ५: विपक्षी दलका नेता पोखरेलको निधन

प्रदेश- ५ को प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

भैरहवा– प्रदेश- ५ को प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ।

प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता रहेका ८२ वर्षीय पाखरेलको सोमबार आफ्नै निवासमा निधन भएको कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाणले जानकारी दिए।

प्युठानको झिमरुक गाउँपालिका तुसारामा जन्मिएका पोखरेल दशकौंदेखि रुपन्देहीमा राजनीतिमा सक्रिय थिए।

क्यान्सरको समस्याले ग्रस्त पोखरेल अस्पतालको उपचार पश्चात् रुपन्देहीको तिलोत्तमा-१४ खैरियास्थित आफ्नै निवासमा रहँदै आएका थिए ।

प्रकाशित: Jan 20, 2020| 14:57 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।