मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सापकोटालाई सभामुखको उम्मेदवार बनाइएकोमा कांग्रेसको आपत्ति

सापकोटालाई सभामुखको उम्मेदवार बनाइएकोमा कांग्रेसको आपत्ति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक सञ्जालमार्फत नेकपाप्रति आक्रोस व्यक्त गरेका छन्।

सभामुखको उम्मेदवार प्रकरणमा प्रवक्ता शर्माले लेखेका छन्, ‘राजनीतिमा अनेक पात्र र प्रवृत्ति हुन्छन् । कुन पदमा कस्तो प्रवृत्ति?  छनौट उचित भएन भने त्यो पदको गरिमा त धरापमा पर्छ नै राजनीतिप्रति नै थप वितृष्णा बढ्छ।’

नेकपाले सभामुखको उम्मेदवार गलत चयन गरेको भन्दै शर्माले भनेका छन्,‘श्री पशुपतिनाथले बहुमतधारी नेकपालाई सद्बुद्धि प्रदान गरुन्।’

दल अथवा सरकारको नेतृत्वभन्दा संसदको नेतृत्व राम्रो हुनु पर्ने शर्माको भनाई छ।

‘दल या सरकारको नेतृत्व भन्दा संसदको नेतृत्व फरक गरिमा, सालिनता र सन्तुलनको संस्कारगत छवि समेत अनुभुती हुनुपर्ने जिम्मेवारी हो।’ उनले लेखेका छन्,‘सत्य निरुपणको टेबुलमा थियो त अलग कुरा अन्यथा अदालतमा विचाराधीन मुद्दामा के उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् राजनैतिक दल या संसद ?’

प्रकाशित: Jan 20, 2020| 13:35 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।