मंगलबार, भदौ २, २०८३

तीन फरार हत्या आरोपित पक्राउ

पर्साको बहुदरमाई नगरपालिका–७ का २५ वर्षीय सुरेन्द्र सहनीको हत्या आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं– पर्साको बहुदरमाई नगरपालिका–७ का २५ वर्षीय सुरेन्द्र सहनीको हत्या आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका–११ का २२ वर्षीय अजयकुमार साह, २० वर्षीय कृष्णकुमार गुप्ता र २० वर्षीय राजन साह कानुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

उनीहरूमाथि गत पुस १९ गते सहानीलाई चक्कु प्रहार गरी हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार उनीहरू सहनीको शव वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरस्थित बासघारीमा फालेको अवस्थामा फेला परेका थिए। त्यसको केही समयपछि उनीहरू फरार भएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 20, 2020| 12:43 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।