मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्ने, आजै पत्रकार सम्मेलन

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्ने, आजै पत्रकार सम्मेलन

उपसभामुख शिवमाया तुम्बाहाङ्फे आज (सोमबार) राजीनामा गर्ने भएकी छन्।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाङ्फे आज (सोमबार) राजीनामा गर्ने भएकी छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्तापछि उनले राजीनामा गर्न लागेकी हुन्। त्यसलगत्तै उनले संसद् भवनमै पत्रकार सम्मेलन पनि गर्दैछिन्। 

यसअघि नेकपाको सचिवालय बैठकले उनको राजीनामा माग्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि उनले अध्यक्षद्वयसँग आफ्नो राजीनामाको कारण मागेकी थिइन्। 

नेकपाको निर्णयपछि राजीनामा नगर्ने अडान लिए पनि उपसभामुख तुम्बाहाङ्फे पछिल्लो समय भने अडानमा लचक देखिएकी थिइन्।

उनले प्रतिनिधिसभाको बैठकअघि राजीनामा दिन लागेको उनको सचिवालय स्राेतले जनाएको छ।

उनको राजीनामापछि आजको संसद् बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने बुझिएकाे छ।

प्रकाशित: Jan 20, 2020| 12:05 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।