मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्नपूर्ण हिमपहिरोमा बेपत्ता भएका ७ जना अझै भेटिएनन्, कोरियाली टोली पनि खोजीमा जुट्यो

अन्नपूर्ण हिमपहिरोमा बेपत्ता भएका ७ जना अझै भेटिएनन्, कोरियाली टोली पनि खोजीमा जुट्यो

माघ ३ गते शुक्रबार हिमपहिरोमा परेर बेपत्ता भएका तीन नेपालीसहित ७ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

पोखरा- माघ ३ गते शुक्रबार हिमपहिरोमा परेर बेपत्ता भएका तीन नेपालीसहित ७ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

बाक्लो हिउँ र पहिरोसँगै खसेको ढिस्कोका कारण हराएकाहरुको अवस्था पत्ता लगाउन कठिन भएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले नेपाल समयलाई जानकारी दिए । अझै पनि हिमपात र पहिरो जाने क्रम पूर्णरुपमा नरोकिएकाले खोजीमा समस्या भएको उनले बताए ।

उनका अनुसार खोजीमा परिचालन गरिएको हेलिकोप्टर घटना स्थलमा बस्न बसेको छैन् भने पैदल गएका प्रहरी आइतबार बल्ल पुगेका छन् ।

ठूलो हिउँको ढिस्को झरेको र त्यसलाई पन्छाउन नसकिएका कारण वेपत्ता भएकाहरु त्यहि ढिस्को परे वा अन्त कतै गए भन्ने एकिन हुन नसकेको एसपी कार्कीले बताए । बेपत्ता भएकाहरु सोहि ढिस्कोले पुरिएको हुनसक्ने प्रहरीको आशंका छ ।

यद्यपी खोजीका लागि आज (सोमबार) पनि हेलिकोप्टरसहितको प्रहरी टोली परिचालन गरिएको छ । पैदल गएका प्रहरीले उनीहरुको खोजीलाई तिब्रता दिएको कास्की प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए । 

अन्नपूर्ण बेसक्याम्प नजिकैको पदमार्गमा गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परेर तीन नेपाली र चार कोरियन नागरिक वेपत्ता भएका थिए ।

नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोन अझै पनि बेपत्ता रहेको पर्यटन विभागले जनाएको छ।

कोरियनका आफन्त रेस्क्यू टिमसहित खोजीका लागि नेपाल आएको प्रहरीले जनाएको छ । उनीहरु आज (सोमबार) घटनास्थलमा गएर खोजी गर्ने भएका छन् ।

प्रकाशित: Jan 20, 2020| 11:24 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।