मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख चयन प्रक्रिया आजबाट अघि बढ्ने, राजीनामा गर्दै उपसभामुख तुम्बाहाङ्फे

सभामुख चयन प्रक्रिया आजबाट अघि बढ्ने, राजीनामा गर्दै उपसभामुख तुम्बाहाङ्फे

तीन पटक सूचना टासेर स्थगित गरिएको प्रतिनिधि सभामा आजबाट सभामुख चयन प्रक्रिया अगाडी बढ्ने भएको छ । उपसभामुख तुम्बाहाङ्फेले
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं- तीन पटक सूचना टासेर स्थगित गरिएको प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ ।

संसदको पाँचौं अधिवेशन सुरु भएको एक महिनापछि दोस्रो बैठक बस्न लागेको हो । आजको बैठक सुरु भएसँगै संसद सचिवालयले सभामुख चयनको प्रक्रिया अघि बढाउने भएको छ । 

सभामुखको उम्मेदवार तय नभएका कारण यसअघिका तीनवटा बैठक सूचना टासेर स्थगित गरिएको थियो ।

आइतबार सत्तारुढ नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमति भएसँगै आजबाट बैठक सुचारु हुन लागेको हो ।

सभामुखमा सापकोटा निर्वाचित हुने करिब निश्चित छ ।

सभामुखमा निर्वाचित हुन प्रतिनिधिसभाको सम्पूर्ण सदस्य २ सय ७५ को बहुमत १ सय ३८ मत आवाश्यक पर्छ । नेकपासँग १ सय ७४ सांसद छन् । यसकारण नेकपाका उम्मेदवार सापकाेटा सहजै निर्वाचित हुने देखिन्छ ।

आजको संसद् बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने तय भएको संसद सचिवालयले जनाएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेपछि बैठक ज्येष्ठ सदस्य ठाकुरले सञ्चालन गर्न लागेका हुन् ।

उपसभामुख तुम्बाहाङ्फेले पत्रकार सम्मेलन नै गरेर राजीनामा बुझाउने तयारी गरेको उनको सचिवालय स्रोतले जनाएको छ । उनले आफूले राजीनामा दिनुपर्ने कारण पटक पटक माग गर्दै आएकी छिन् ।

यद्यपी उनले गतिरोध हल हुने भए बाटो खोलिदिन आफू तयार रहेको भन्दै राजीनामा बुझाउन लागेको उनको सचिवालयले जनाएको छ।

यौन दुराचारको आरोप लागेलगत्तै सभामुखबाट कृष्णबहादुर महराले गत असोजमा राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

प्रकाशित: Jan 20, 2020| 09:02 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।