बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाह्रबिसे बजार क्षेत्रको निषेधाज्ञा हट्यो, घरटहरा भत्काउने काम राेकियाे

बाह्रबिसे बजार क्षेत्रको निषेधाज्ञा हट्यो, घरटहरा भत्काउने काम राेकियाे

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे बजार क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

सिन्धुपाल्चोक- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे बजार क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।

आइतबार राति जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएपछि निषेधाज्ञा हटाइएको हो।

समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म घरटहरा भत्काउने काम रोकिएको छ।

बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन भन्दै निषेधाज्ञा जारी गरिएको थियो ।

नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाएको घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो ।

सूचनालाई अटेर गरेपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि समान्य झडप समेत भएको थियो । झडपपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित: Jan 20, 2020| 08:48 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।