मंगलबार, भदौ २, २०८३

नेकपामा फेरियो समीकरण, अब ओलीले भनेको मात्रै चल्दैन

प्रधानमन्त्री तथा अध्यक्ष ओली अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा सहमत भए । यो निर्णयको सन्देश के हो ? नेकपाका एक उच्च नेताले भने, ‘पार्टीमा अब ओलीले भनेको मात्र चल्दैन ।’
 |  सोमबार, माघ ६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ ६, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले प्रतिनिधिसभाको सभामुख अग्निसापकोटालाई बनाउन लागेको विषयलाई मुख्य समाचार बनाएका छन् ।

आइतबार नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पूर्वमाओवादी अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । करिब एक महिना लामो रस्साकस्सीपछि पूर्वमाओवादीबाटै सभामुखको उम्मेदवार छानिएको हो ।

ओली सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहिराखेका थिए भने प्रचण्ड पूर्वमाओवादीबाट सभामुख बनाउनु पर्ने अडानमा थिए । अन्ततः प्रचण्डले भने बमोजिम नै पूर्वमाओवादीबाट सापकोटाको नाम सभामुखमा सिफारिस भएको छ ।

यो घटनालाई कान्तिपुर दैनिकले नेकपामा समीकरण फेरिएको रुपमा व्याख्या गरेको छ । उसले सभामुख उम्मेदवारीः नेकपामा फेरिएको समीकरण शीर्षकमा मुख्य समाचार छापेको छ।

समाचारमा लेखिएको छ– डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहेकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्बाङलाई अघि सारे ।

तर झन्डै एक महिनाको रसाकस्सीपछि आइतबार प्रधानमन्त्री तथा अध्यक्ष ओली अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा सहमत भए । यो निर्णयको सन्देश के हो ? नेकपाका एक उच्च नेताले भने, ‘पार्टीमा अब ओलीले भनेको मात्र चल्दैन ।’

पार्टीभित्रको समीकरणमा अप्ठेरोमा परेपछि ओली पूर्वमाओवादी पक्षले अघि सारेको नाममा सहमत हुन बाध्य भएका हुन् । पूर्वएमाले पक्षकै वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले अर्का अध्यक्ष दाहाललाई साथ दिए ।

गौतम निवास भैंसेपाटीमा पुस २३ गते सचिवालयका नौमध्ये पाँच जना नेताहरूले छुट्टै भेला गरेका थिए । अध्यक्ष दाहालसमेत सहभागी उक्त भेलाले देखाएको सचिवालयको संख्यात्मक समीकरणलाई चिरेर निर्णय गर्न ओलीलाई अप्ठेरो र्पयो ।

अध्यक्ष भएर पार्टी पद्धतिभन्दा बाहिर गएर नेताको निवासमा भेला गरेको भन्दै ओलीले दाहालमाथि अनुशासनको प्रश्न पनि उठाए । ओलीले ‘टाउको गनेर’ आफूमाथि दबाब दिन खोजेको भन्दै अन्य नेताहरूमाथि आपत्ति पनि प्रकट गरे ।

तर भैंसेपाटी गठबन्धन सभामुख चयनका सन्दर्भमा टसमस नहुने अवस्था बनेपछि आइतबार ओली पार्टी्भित्रको मनोविज्ञान सम्बोधन गर्ने निष्कर्षमा पुगे । र, सचिवालय बैठकबाट सापकोटालाई सभामुख बनाउने निर्णय भयो ।

यस्तै आजको नागरिक दैनिकले हत्या आरोपित सापकोटा सभामुख प्रस्तावित शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्ट्ले अन्ततः पूर्वमाओवादीलाई सभामुख शीर्षकमा खबर लेखेको छ ।

यस्तै अन्नपूर्ण आधारशिविर पदमार्गमा हराएका पदयात्रीलाई भेट्न कठिन रहेको विषयलाई पनि अन्नपूर्ण र नागरिक दैनिकले प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले भने स्वास्थ्य, रक्षा र पर्यटन मन्त्रालय विश्वविद्यालय खोल्ने प्रतिस्पर्धामा शीर्षकमा मुख्य समाचार छापेको छ ।

नेपाल सरकार कार्यविभाजन नियमावलीअनुसार शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयको हुन्छ, तर स्वास्थ्य, रक्षा र पर्यटन मन्त्रालय आफैँ अघि सरेर विश्वविद्यालय खोल्ने दौडमा रहेको समाचारमा उल्लेख छ ।

प्रकाशित: Jan 20, 2020| 07:13 सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।