मंगलबार, भदौ २, २०८३

सब–इन्जिनियरसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

बागचौर नगर कार्यपालिकाको कार्यालय, सल्यानका तत्कालीन सब–इन्जिनियर थमन योगीसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं- बागचौर नगर कार्यपालिकाको कार्यालय, सल्यानका तत्कालीन सब–इन्जिनियर थमन योगीसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भानुभक्त निमावि धनचुली हुँदै चिल्ढाले सडक निर्माणमा बढी भुक्तानी दिएको अभियोगमा अख्तियारले योगीसहित ६ जना तथा एकजना सशस्त्र प्रहरी जवानविरुद्ध आइतबार मुद्दा दायर गरेको हो।

योगी र असिस्टेन्ट सब–इन्जिनियर तोरण बहादुर विष्टले बढी काम तथा लागत देखाई मापदण्डविपरीत निर्माण कार्य गर्ने गराउने र झुट्टा बिल भरपाई बनाएर ७७ हजार ७ सय ७५ बढी रकम भुक्तानी गरेको अख्तियारले जनाएको छ।

सोही सडक निर्माण समितिका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर विक तथा सचिव अनिता विकले प्राविधिसँग्को मिलेमतोमा नगरेको कामलाई गरेको भनी झुट्टा नापी किताब र कार्यसम्पन्न प्रतिवेदन बनाउन लगाएको खुलेको अख्तियारले जनाएको छ।

उनीहरुले उपभोक्ताहरूको बैठक नराखी सम्झौता गर्दाको बैठकको उपस्थितिको नामावली भएको प्रतिलिपि बीचमा रखेको र समितिको कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको अभियोग अख्तियारको छ। उनीहरुविरुद्ध पनि अख्तियारले ७७ हजार ७ सय ७५ रुपैयाँ बिगो माग दाबी गरेको छ।

यस्तै बागचौर नगरपालिका–२ का वडाध्यक्ष घनश्याम शर्माले उक्त आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी १ सय मिटर मात्र नयाँ ट्रयाक निर्माण भएकोमा गलत लिखत तयार गरी सिफारिस गरेको पाइएको अख्तियारले जनाएको छ।

यस्तै घुससहित रंगेहात पक्राउ परेका रुपन्देहीको विष्णुपुरा सशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरीविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको ६ हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो।

प्रकाशित: Jan 19, 2020| 20:10 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।