मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अग्‍नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपाको निर्णय

अग्‍नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपाको निर्णय

आजमात्रै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सापकोटालाई सभामुख उम्मेदवार बनाउने सहमति गरेका थिए। अध्यक्षद्वयको उक्त सहमतिअनुसार नै सचिवालयले निर्णय गरेको हो।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीका सांसद अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

आजमात्रै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सापकोटालाई सभामुख उम्मेदवार बनाउने सहमति गरेका थिए। अध्यक्षद्वयको उक्त सहमतिअनुसार नै सचिवालयले निर्णय गरेको हो।

दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झन्डै दुई घण्टा छलफल भएको थियो। वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सभामुखमा दाबी भए पनि प्रचण्डको पहिलो रोजाइ सापकोटा नै थिए। ओलीको जोडबल भने सुवास नेम्वाङमा थियो।

यद्यपि, वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले अहिलेसम्म राजीनामा दिइसकेकी छैनन्। नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: Jan 19, 2020| 18:12 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।