मंगलबार, भदौ २, २०८३

रवि लामिछानेले आत्महत्या दुरुत्साहन नगरेको पुष्टि

गत २० साउनमा नारायणगढको कंगारु होटलमा नुवाकोट घर भएका सालिकराम पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले उनको साथबाट बरामद गरेको मोबाइलमा रहेको भिडियोका आधारमा लामिछानेलगायत विरुद्ध मुद्दा चलाएको थियो।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं– आत्महत्या दुरुत्साहन मुद्दामा सञ्चारकर्मी रवि लामिछानेले सफाइ पाएका छन्। चितवन जिल्ला अदालतले सो मुद्दामा आइतबार फैसला गर्दै लामिछानेसहित अस्मिता कार्की र युवराज कँडेललाई सफाइ दिएको हो।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उक्त फैसला गरेको हो।

गत २० साउनमा नारायणगढको कंगारु होटलमा नुवाकोट घर भएका सालिकराम पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले उनको साथबाट बरामद गरेको मोबाइलमा रहेको भिडियोका आधारमा लामिछानेलगायत विरुद्ध मुद्दा चलाएको थियो।

भिडियोमा पुडासैनीले आत्महत्या गर्नुको प्रमुख कारण लामिछाने, युवराज कँडेल र अस्मिता कार्की भएको दाबी गरेका थिए। सोही आधारमा प्रहरीले तीन जनामाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको थियो।

यसअघि थुनछेक मुद्दामा अदालतले गत ९ भदौमा लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख धरौटी तोकेको थियो । कार्की भने साधारण तारेखमा रिहा भएका थिए।

तस्बिर: लामिछानेकाे ट्विटर

प्रकाशित: Jan 19, 2020| 18:01 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।