मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलिदानी दिवसमा सीके राउतको सभा : सहिद परिवारलाई सम्मान

बलिदानी दिवसमा सीके राउतको सभा : सहिद परिवारलाई सम्मान

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश बलिदानी दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गरेको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

लहान- डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश बलिदानी दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गरेको छ।

सिरहाको सोनबरसामा आयोजित बलिदानी सभामा डा.राउतले प्रथम मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोका पिता र सहिद प्रमोद सादाको पितालाई सम्मान गरेका हुन्।

२०६४ माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लाहानमा रमेश महतोको हत्या भएको थियो। त्यसपछि आन्दोलन चर्किएको थियो।

सोही दिनको सम्झनामा मधेशमा बलिदानी दिवस मनाइँदै आएको छ।

आइतबार सोनबरसामा आयोजित सभामा सहिद परिवकारका सदस्यहरुले राजपा र समाजवादी पार्टीप्रति आक्रोस व्यक्त गरेका छन्।

प्रदेशमा सरकार हुँदा हुँदै पनि सहिद परिवारलाई वास्ता नगरेको र राजपा र समाजवादीले सहिद परिवारलाई दिने भनी घोषणा गरेको ५० लाख पनि नदिएको भन्दै सहिद परिवारले आक्रोश व्यक्त गरे।

प्रकाशित: Jan 19, 2020| 16:51 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।