काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको सहमति अनुमोदन गर्न सचिवालय बैठक बसेको हो।
दुई अध्यक्षबीच सांसद अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउने सहमति भएको बताइएको छ।
दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झन्डै दुई घण्टा छलफल भएको थियो। सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्ने सम्भावना छ।
वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सभामुखमा दाबी भए पनि प्रचण्डको पहिलो रोजाइ सापकोटा नै थिए। ओलीको जोडबल भने सुवास नेम्वाङमा थियो।
यद्यपि, वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले अहिलेसम्म राजीनामा दिइसकेकी छैनन्। आफू नै सभामुख हुन पाउनुपर्ने अडानमा उनी छन्।