मंगलबार, भदौ २, २०८३

देशैभरी कांग्रेसले बुझायो विरोध पत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र सरकारलाई बुझाएको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र सरकारलाई बुझाएको छ।

संसदीय समितिबाट पारित भएको सूचना प्रविधिलगायतका विधेयकहरु विरुद्ध कांग्रेसले विरोध पत्र बुझाएको हो।

कांग्रेस केन्द्रीय समिति बैठकबाट निर्णय भएबमोजिम नै सम्पूर्ण जिल्लाहरुबाट विरोध पत्र बुझाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।

उनका अनुसार सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन् तथा मौलिक अधिकार विरुद्धका कानूनहरु ल्याउन लागेकोले विरोध पत्र बुझाइएको हो।

यसैबीच, कांग्रेसले काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुमार्फत काठमाडौंमा विरोध पत्र बुझाएको छ।

प्रकाशित: Jan 19, 2020| 16:20 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।