मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा निर्वाचन : नेकपा-राजपा गठबन्धनलाई संघीय समाजवादीको साथ

राष्ट्रियसभा निर्वाचन : नेकपा-राजपा गठबन्धनलाई संघीय समाजवादीको साथ

आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनलाई नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं- आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनलाई नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेको छ।

पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारी अध्यक्ष रहेको उक्त पार्टीको प्रदेश दुई सभामा एक जना सदस्य छन् भने प्रदेश २ मै एकजना नगरपालिका मेयर र एक जना गाउँपालिका अध्यक्ष छन्।

प्रदेश २ को चारवटा सिटमध्ये नेकपा र राजपाबीच दुई–दुई सिट लिने सहमति भएको छ। जसअनुसार नेकपाको तर्फबाट महिला सिटमा तुल्सी कुमारी दाहाल र दलित सिटमा राधेश्याम पासवान उम्मेदवार छन्।

यसैगरी राजपाको भागमा परेको दुई सिटमध्ये अन्य समूह सिटमा मृगेन्द्र सिंह यादव र अल्पसंख्यक सिटमा शेखरसुमन सिंह उम्मेदवार छन्।

समाजवादीले नेकपा र राजपाका नेताहरुसँग दुई बुँदे सहमति गर्दै उम्मेदवारहरुलाई सघाउने निर्णय गरेको छ।

सहमति अनुसार तीनवटै दलबीच आगामी दिनमा राजनीतिक सहकार्य र सहयोग आदान प्रदानसमेत हुनेछ। समाजवादीका अध्यक्ष अन्सारी तत्कालीन एमालेबाट अलग भई अशोक राईको नेतृत्वमा बनेको संघीय समाजवादी पार्टीका उपाध्यक्ष बनेका थिए।

राई नेतृत्वको पार्टी उपेन्द्र यादवसँग एकीकरण भएपछि अन्सारीले आफ्नै नेतृत्वमा नेपाल संघीय समाजवादी पार्टी गठन गरेका हुन्।

प्रकाशित: Jan 19, 2020| 16:10 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।