मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सूचना प्रविधि विधेयकविरुद्ध रुपन्देही कांग्रेस आन्दोलित

सूचना प्रविधि विधेयकविरुद्ध रुपन्देही कांग्रेस आन्दोलित

सरकारले ल्याएको सूचना प्रविधि विधेयकविरुद्ध रुपन्देहीमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

भैरहवा- सरकारले ल्याएको सूचना प्रविधि विधेयकविरुद्ध रुपन्देहीमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ।

नेपाली कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकको नेतृत्वमा भैरहवामा गरिएको प्रदर्शनमा ‘सूचना विधेयक खारेज गर’, ‘नागरिक स्वतन्त्रता हनन् गर्ने नियोजित षड्यन्त्र बन्द गर’ जस्ता नारा लगाइएको थियो।

विरोधसँगै रुपन्देही कांग्रेसले प्रमुख जिल्ला अधिकारी माहादेव पन्त मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

ज्ञापनपत्र बुझाएपछि कांग्रेस सभापति रज्जाकले लोकतन्त्रको आत्म मानिएको अभियव्यक्ति स्वतन्त्रताको हत्या गर्नेगरी ल्याएको विधेयक तत्काल खारेज गर्नुपर्ने माग गरे।

उनले नियोजित षड्यन्त्रका साथ सरकारले ल्याएको विधेयक जनविरोधी छ रहेको दाबी पनि गरे।

प्रकाशित: Jan 19, 2020| 15:52 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।