मंगलबार, भदौ २, २०८३

ल्होछारमा तीन दिन सार्वजनिक विदा

सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काभ्रे । सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए ।

“सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ,” उनले भने । उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिनेछ ।

यसअघि, यही माघ १ गते रितिरिवाज, चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्ने जनाउँदै माघे सङ्क्रान्ति (माघी पर्व)का अवसरमा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा महाभारत र रोशी गाउँपालिकाले सार्वजनिक सूचनामार्फत सार्वजनिक विदा दिएका थिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्होछारकै अवसरमा नमोबुद्ध नगरपालिकामा महोत्सवको आयोजना गरिने भएको छ । यही माघ ९ देखि १९ गतेसम्म भकुण्डेबेँसी चोकमा आयोजना गरिएको महोत्सवमा कृषि, पर्यटन प्रवद्र्धन तथा स्थानीय संस्कृति झल्कने कार्यक्रम आयोजना गरिएको नमोबुद्ध उद्योग बाणिज्य सङ्घका अध्यक्ष बसुनारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै, नगरकोट नाल्दूम पर्यटन विकास समितिले पनि भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्होछारकै अवसरमा माघ १० गतेदेखि तीनदिन पर्यटकीयस्थल नगरकोटमा महोत्सव आयोजना गरी स्थानीय लोपोन्मुख बाजा, नाचगान तथा पहिचानलाई प्रदर्शन एवम् खानाका परिकारका माध्यमबाट पर्यटकलाई आकर्षण गर्ने योजना बनाएको छ ।
रासस

प्रकाशित: Jan 19, 2020| 14:37 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।