मंगलबार, भदौ २, २०८३

किन गए केदारनाथका मुख्य पुजारी निर्मल निवास ?

पूर्वराजा ज्ञानेन्द्र शाह र केदारनाथ मन्दिरका मुख्य पुजारी जगत गुरु भिमाशंकर लिंगबीच भेट भएको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र केदारनाथ मन्दिरका मुख्य पुजारी जगत गुरु भिमाशंकर लिंगबीच भेट भएको छ।

भारतको प्रसिद्ध मन्दिर केदारनाथका मुख्य पुजारी लिंग काठमाडौं आउँदा झापामा रहेका पूर्वराजा शाह काठमाडौं फर्किएका थिए। पूर्व राजा शाह र लिंगबीच निर्मल निवासमा भेटघाट भएको हो।

भेटघाटको क्रममा पूर्वराजा शाहलाई पुजारी लिंगले उपहार पनि दिएका थिए। केदारनाथ मन्दिरका पुजारी लिंगको भारतीय राजनीतिमा समेत प्रभाव रहेको छ।

पूर्वराजा ज्ञानेन्द्र र पुजारी लिंगबीचको भेटलाई अर्थपूर्ण मानिएको छ । ज्ञानेन्द्रले पछिल्लो समय धार्मिक माध्यमबाट राजनीतिक भेटवार्ता बढाएका छन् ।

प्रकाशित: Jan 19, 2020| 11:35 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।