मंगलबार, भदौ २, २०८३

सभामुखको उम्मेदवार छान्न ओली र प्रचण्ड छलफलमा

सभामुखको उम्मेदवार छान्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं– सभामुखको उम्मेदवार छान्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु भएको एक महिना पुग्दा पनि संसद्को नियमित कारवाही अघि बढ्न सकेको छैन। जसका कारण तीन पटक प्रतिनिधिसभाको बैठक स्थगित भइसकेको छ। 

सभामुखको उम्मेदवारबारे दुवै अध्यक्षले अडान राख्दा यसमा सहमति हुन नसकेको हाे। प्रधानमन्त्री केपी शर्मा ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा छन् । यता, अर्का अध्यक्ष प्रचण्डले अग्नि सापकोटाको नाम अघि सारेका छन्।

प्रतिनिधिसभाको बैठकअघि सभामुखको उम्मेदवारमा सहमति जुटाउन अध्यक्षद्वय छलफलमा जुटेको नेकपाले जनाएको छ।

प्रतिनिधिसभाको बैठक भोलि (सोमबार) बोलाइएको छ।

प्रकाशित: Jan 19, 2020| 11:03 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।