मंगलबार, भदौ २, २०८३

बाह्रबिसेमा घर टहरा भत्काउँदा झडप, निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

सिन्धुपाल्चोक- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ ।

बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटोसहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए ।

सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाएको घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो ।

सूचनालाई अटेर गरेपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि समान्य झडप समेत भएको थियो ।

प्रकाशित: Jan 19, 2020| 09:58 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।