मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा एकै दिनमा २९ सवारी दुर्घटना, १२ सय ३७ चालक कारबाहीमा

काठमाडौंमा एकै दिनमा २९ सवारी दुर्घटना, १२ सय ३७ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा एकै दिनमा २९ वटा सवारी दुर्घटना भएको छ। शनिबार भएको दुर्घटनामा परेर
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं- काठमाडौं उपत्यकामा एकै दिनमा २९ वटा सवारी दुर्घटना भएको छ।

शनिबार भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। अधिकांश दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले वितेको २४ घण्टामा १२ सय ३७ चालकलाई कारबाही गरेको छ ।

जसमध्ये एकसय ११ जनाले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरु रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

फूटपाथमा सवारीसाधन पार्किङ्ग गर्ने १०६, बढी भाडा लिने तथा मिटरमा जान नमान्ने ५५ जना ट्याक्सी चालक र जेब्राक्रसमा साधन रोक्ने २३ जनामाथि कारबाही भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 19, 2020| 08:49 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।