मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गायिका आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी, अभद्र व्यवहारमा मुद्दा चलाइने

गायिका आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी, अभद्र व्यवहारमा मुद्दा चलाइने

प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । स्रोतका अनुसार प्रहरीले आज (आइतबार) उनलाई अनुसन्धानका लागि बोलाउने, नआए पक्राउ गर्ने तयारी गरेको हो।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं- प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । स्रोतका अनुसार प्रहरीले आज (आइतबार) उनलाई अनुसन्धानका लागि बोलाउने, नआए पक्राउ गर्ने तयारी गरेको हो।

यसका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिने तयारी गरेको छ। अभद्र व्यवहार कसुरमा प्रमुख जिल्ला अधिकारीले आरोपितलाई कैद र जरिवाना गराउन सक्छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको घटनाका विषयमा सीसीटीभी फुटेजसमेत बाहिर आएपछि प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको हो । मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अनुसार गायिका आस्थामाथि कारबाही गर्ने प्रहरीको तयारी छ ।

महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ।

अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ नम्बर बुँदाको प्रावधान अनुसार अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी तैनाथ जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी आस्थामाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको हो ।

आस्थाविरुद्ध विमानस्थलकी जवान रमिता श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार उजुरी दिएकी थिइन्। उजुरीको व्यहोरा र सीसीटीभी फुटेज महानगरीय प्रहरी कार्यालयले काठमाडौं परिसरलाई कारबाही थाल्न निर्देशन दिएको थियो।

 

प्रकाशित: Jan 19, 2020| 08:32 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।