मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अछाम जेसीजद्वारा केन्द्रीय निर्देशनको अवज्ञा, मनोमानी पदस्थापन

अछाम जेसीजद्वारा केन्द्रीय निर्देशनको अवज्ञा, मनोमानी पदस्थापन

नेपाल जेसीजको निर्णयविपरीत अछाम जेसीजमा पदस्थापना कार्यक्रम गरिएको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

अछाम- नेपाल जेसीजको निर्णयविपरीत अछाम जेसीजमा पदस्थापना कार्यक्रम गरिएको छ। नेपाल जेसीजले तत्कालका लागि कुनै पनि काम कारबाही नगर्ने निर्देशन जारी गर्दा पनि अछाम जेसीजमा पदस्थापना भएको हो।

अछाम जेसीजको बिद्यानको धारा ९.२ को ख मा शाखाको अध्यक्ष हुन दुई वर्ष कार्यकारी पदमा काम गरेको हुनुपर्ने उल्लेख छ।

साथै अछाम जेसीजको छैटौँ शाखा अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले योग्यता नपुगेका उम्मेद्वारलाई चुनावी प्रक्रियामा सहभागी गराएको भन्दै बिधान सम्बत शाखा अधिवेशन हुनुपर्ने माग राख्दै अछाम जेसीज वर्ष २०२० का अध्यक्षका प्रत्यासी जेसी पूर्ण बहादुर खड्का, बर्ष २०१९ का महासचिव दिपक प्रसाद भण्डारी, उपाध्यक्ष मेनुका ढुंगानाद्धारा नेपाल जेसिजमा निवेदन परेको थियो।

उनीहरुले अछाम जेसीज र नेपाल जेसीजको बिधानअनुसार शाखा अधिवेशन गराई पाउँ भनी नेपाल जेसीजलाई अनुरोध गरेका थिए।

सोही अनुसार नेपाल जेसीजले अछाम जेसीजमा भएको विवादलाई साम्य गर्न क्षेत्र घ का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शोभा खरेलको संयोजकत्वमा ३ सदस्यीय समिती समेत गठन गरिसकेको अवस्थामा अछाममा भने नेपाल जेसीजको निर्णयको अवज्ञा गर्दै पदस्थापन गरिएको हो।

तर अछाममा यो निर्देशनको अवज्ञा गर्दै मात्रै अध्यक्ष पदमा तुलाराम बिसीलाई निर्वाचित गरिएको छ। बिसीको अध्यक्ष पदका लागि योग्यता नै नपुगेको बिधान अनुसार देखिएको छ।

२०१८ मा जेसिजको साधारण सदस्य लिएर २०१९ मा उपाध्यक्ष भएका व्यक्तिलाई अछाम जेसिजको निर्वाचन समितीले चुनावमा सहभागी गराएको हो। उनैले चुनावमा जित हासिल गरेका छन्।

प्रकाशित: Jan 18, 2020| 20:25 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।