मंगलबार, भदौ २, २०८३

कर्णाली ‘सडक मावनमुक्त’ प्रदेश घोषणा

कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

सुर्खेत- कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको छ।

प्रदेशका दश जिल्लाकै बेसहारा, असहाय, अशक्त र अभिभावक विहीनहरुलाई उद्धार गरेर आश्रममा राखेपछि शनिबार सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको हो।

प्रदेशमा रहेका बेसहारा, असहाय, अशक्त र अभिभावक विहीनहरुको संरक्षण सरकारले गरेपछि सयोगापेक्षी मावनमुक्त प्रदेश घोषणा गरिएको छ।

प्रदेशका विभिन्न जिल्लामा अभियान नै सञ्चालन गरेर वेसहाराहरुको उद्धार गरेर मावन सेवा आश्रममा राखेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरेको हो।

बेसहाराहरुले अब सडकमा देखिए तत्काल उनीहरुको उद्धार गरेर आश्रममा राखिनेछ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बेसहाराहरुको व्यवस्थापन गर्ने जिम्मा सरकारको भएको बताए।

उनले बेसहाराहरुको उद्धार, पालपोषण, उपचार तथा पारिवारिक पुनर्मिलन गराउने दायित्व सरकारको भएको बताए।

प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश प्रहरी कार्यालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय र मानवसेवा आश्रमको अगुवाइमा प्रदेशलाई सडक मानवमुक्त प्रदेशको घोषणा गरिएको हो।

प्रदेश ‘सयोगापेक्षी सडक मानवमुक्त’ घोषणा भएसँगै कर्णाली प्रदेशमा असाहाय र वेसाहारहरुले सडकमा माग्न नपाउने भएको छन्।

प्रकाशित: Jan 18, 2020| 19:03 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।