मंगलबार, भदौ २, २०८३

प्रदेश २ मा आइतबार सार्वजनिक विदा

मधेश आन्दोलनका शहिदहरुको सम्झनामा आइतबार प्रदेश २ सरकारले बलिदानी दिवस मनाउने भएको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

जनकपुरधाम- मधेश आन्दोलनका शहिदहरुको सम्झनामा आइतबार प्रदेश २ सरकारले बलिदानी दिवस मनाउने भएको छ।

संघीयता कार्यान्वयनमा आएयता प्रदेश सरकारले माघ ५ गते दोस्रो पटक बलिदानी दिवस मनाउन लागेको हो।

पहिलो मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोको हत्या भएपछि प्रदेश सरकारले बलिदानी दिवस मनाउने गरेको छ।

यसअघि मधेश केन्द्रीत दलहरुले यस दिनलाई बलिदानी दिवसको रुपमा मनाउँदै आइरहेको थियो।

बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। गत वर्ष सिरहाको लहानमा बलिदानी दिवस मनाएको प्रदेश सरकारले यस वर्ष वीरगंजमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ।

वीरगंजमा आयोजना हुने कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, मधेश केन्द्रीत दल, सहिद परिवारलगायतको सहभागिता रहने जनाइएको छ। बलिदानी दिवसको अवसरमा शहिद परिवारलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ।

प्रकाशित: Jan 18, 2020| 18:15 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।