मंगलबार, भदौ २, २०८३

हिमपहिरोमा बेपत्ता भएका ५ जनाको पहिचान खुल्यो

शुक्रबार बिहानदेखि अन्नपूर्ण पदमार्गबाट हराइरहेका सात जनामध्ये ५ को परिचय खुलेको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं– शुक्रबार बिहानदेखि अन्नपूर्ण पदमार्गबाट हराइरहेका सात जनामध्ये ५ को परिचय खुलेको छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलका अनुसार हराउनेमा ४ कोरियाली र ३ नेपाली छन्। कोरियाली नागरिकमा ५३ वर्षीया किम सूक जा, ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको खुलेको छ।

कोरियाली पर्यटक लिएर गएका २ नेपाली भरिया पनि हराएको र उनीहरूको पहिचान नखुलेको भुजेलले जानकारी दिए।

कोरियाली पर्यटकहरू काठमाडौंको ट्रिप नेपाल मान्टेन गाइड नामक कम्पनीबाट टिम्स शुल्क काटेर अन्नपूर्ण बेस क्याम्पसम्मको पदमार्गमा निस्केका थिए।

बेस क्याम्प जाँदै गरेका कोरियाली पर्यटक देउराली नजिकैबाट हराएको अध्यक्ष भुजेलले जानकारी दिए। उनका अनुसार कोनाको ट्रेकिङ एजेन्सीबाट पर्यटक लिएर गएका नेपाली गाइड सरोज परियार पोखरा पनि हिमपहिरोमा हराएका छन्।

अत्यधिक हिमपातका कारण उद्दारमा समस्या परेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। पर्यटक हिमपहिरोमा पुरिएको जानकारी आयलगत्तै प्रहरी टोली त्यतातर्फ गए पनि शनिबार बेलुकासम्म मात्र पुग्ने उनले जानकारी दिए। कार्कीका अनुसार बाटोमा अलपत्र परेका तथा आधार सिविरका होटलमा रहेका करिव एक सय ५० बढी पर्यटकलाई हेकिलप्टरबाट उद्दार गरेर छुमरुङ र पोखरा पुर्‍याइएको छ।

यस्तै, लगातारकाे हिमपातपछि अन्नपूर्ण आधार शिविरका होटलसमेत बन्द गरेर कामदार र होटल सञ्चालकलाई पनि बेसी झारिएको छ।

हिउँमा आफ्ना नागरिक हराएपछि नेपालस्थित कोरियन राजदूतावासले हेलिकप्टरसहित उद्दार टोली पठाए पनि पहिरो गएको ठाउँमा बाक्लो हिँउ परेकाले हेलिकप्टर बस्न नसकेर फर्किएको छ।

११ जनाको समूहमा रहेका कोरियाली पर्यटकमध्ये ७ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ। उनीहरूलाई हेलिकप्टरमा पोखराबाट काठमाडौं ल्याइएको छ।

ट्रेकिङ एजेन्सीबाहेक आफ्नो हिसावले पनि थुप्रै पर्यटक जाने भएकाले हिमपहिरोमा पुरिनेको संख्या बढ्न सक्ने पर्यटन व्यवसायीले अनुमान गरेका छन्।

यो सिजन कोरियाली पर्यटक अत्यधिक मात्रामा अन्नपूर्ण पदयात्रामा निस्किने सिजन हो।

प्रकाशित: Jan 18, 2020| 17:20 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।