मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेपत्ता छानविन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्ति र विधेयकमा नेकपा र कांग्रेसबीच सहमति

बेपत्ता छानविन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्ति र विधेयकमा नेकपा र कांग्रेसबीच सहमति

हिंसात्मक द्वन्द्वकालीन मुद्दालाई छिटो टुंगाउने विषयमा सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति बनेको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं- हिंसात्मक द्वन्द्वकालीन मुद्दालाई छिटो टुंगाउने विषयमा सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति बनेको छ।

प्रधानमन्त्री केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतबीच आज बालुवाटारमा भएको छलफलमा सत्य निरुपण तथा मेलमिलाप तथा वेपत्ता व्यक्तिको छानविन आयोगमा पदाधिकारी नियुक्तिका विषयमा सहमति भएको हो ।

त्यस्तै दुवै पक्ष सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानविन सम्बन्धी विधेयकलाई अगाडि बढाउन पनि सहमत भएका छन्।

बैठकमा ओली, दाहाल, देउवा, नेकपा नेता सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटा, कांग्रेसका नेताहरु मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए।

बैठकमा सहभागी एक नेताका अनुसार ऐन संशोधन सम्बन्धी विधेयक चाँडै संसदमा पेश गर्ने र पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिको सिफारिस अनुसारका नामहरु स्वीकृत गर्ने समेत सहमति भएको हो।

समितिको बैठक पनि आजै बस्ने र बैठकले नामहरु आजै सिफारिस गर्ने बुझिएको छ।

झण्डै ६ वर्षअघि पुस २०७० मा सर्वोच्च अदालतले पीडित अनुकुल हुने गरी गम्भीर अपराधका मुद्दामा पीडकलाई छुट्न नदिने गरी ऐन संशोधन गर्न परमादेश दिएको थियो । सोही बमोजिम विधेयक संसदमा प्रस्तुत गरिने सहमित भएको ती नेताले बताए।

प्रकाशित: Jan 18, 2020| 14:35 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।