मंगलबार, भदौ २, २०८३

पोखरामा चितुवा मृत फेला

कास्कीको पोखरामा शनिबार चितुवा मृत अवस्थामा फेला परेको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

पोखरा– कास्कीको पोखरामा शनिबार चितुवा मृत अवस्थामा फेला परेको छ।

पोखरा महानगरपालिका–१३, आर्वास्थित रतनपाण्डे स्कुल नजिकै कच्ची सडकमा चितुवा मृत अवस्थामा फेला परेको हो।

मृत अवस्थामा भेटिएको चितुवालाई जिल्ला वन कार्यालय लगिएको बताइएको छ।

चितुवाको शरीरमा घाउ देखिएकाले अर्को चितुवासँगको आक्रमणमा मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। वन कार्यालयले भने शव परीक्षणपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ।

 

प्रकाशित: Jan 18, 2020| 13:31 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।