सिरहा– जर्वजस्ती करणी मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका दुई जना ३० वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका–३, जगतपुरका ६० वर्षीय बिल्टु मोची र सोही ठाउँका ४५ वर्षीय रामखेलाबन मोची छन्।
जिल्ला अदालतले उनीहरूविरुद्ध ०४६ असार १८ गते जर्वजस्ती करणी मुद्दामा ३ वर्षको कैद फैसला सुनाएको थियो।
इलाका प्रहरी कार्यालय, महेशपुर पतारीबाट खटिएको टोलीले उनीहरूलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।