मंगलबार, भदौ २, २०८३

प्रदेश २ का क्रसर उद्योगी आन्दोलित

प्रदेश २ का चार जिल्लाका क्रसर उद्योगी तथा बालुवा प्रशोधन केन्द्रका सञ्चालकहरु आन्दोलनमा उत्रेका छन्।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

जनकपुरधाम – प्रदेश २ का चार जिल्लाका क्रसर उद्योगी तथा बालुवा प्रशोधन केन्द्रका सञ्चालकहरु आन्दोलनमा उत्रेका छन्। प्रदेश सरकार र प्रहरीले आफूहरुको कारोबारमा रोक लगाएको भन्दै धनुषा, महोत्तरी, सर्लाही र सिरहाका क्रसर उद्योगी आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले प्रदेश सरकारले लगाएको रोक फिर्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

मापदण्डविपरित सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने प्रदेश सरकारको निर्णयको उनीहरुले विरोध गरेका हुन्। प्रदेश सरकारको यस्तो निर्णयले अर्बौं रुपैयाँको लगानी संकटमा पर्ने उनीहरुको भनाइ छ।

कानुनबमोजिम सरकारबाट इजाजत लिई सरकारलाई सम्पूर्ण कर तिरेर व्यवसाय सञ्चालन गर्दै आइरहेको भन्दै प्रदेश सरकारले पूर्वाग्रही भएर यस्तो निर्देशन दिएको उनीहरुको आरोप छ।

उत्खनन्को विरोध गर्ने युवा दिलिप महतोको हत्यासम्बन्धी घटनाको छानविनतर्फ ध्यान नदिएर उद्योगीव्यवसायीहरुलाई गैरकानुनी तरिकाबाट रोक लगाउन खोजेको उनीहरुले शुक्रबार जारी गरेको विज्ञप्तिमा आरोप लगाएका छन्।

अन्य प्रदेशमा क्रसर उद्योग पूर्ववत सञ्चालनमा रहेको भन्दै उनीहरुले प्रदेश २ सरकारले आफूहरुमाथि विभेद गरी नेपालको संविधान र कानुनले प्रदान गरेको व्यवसायको हकमा हस्तक्षेप गरेको आरोप पनि लगाएका छन्।

प्रकाशित: Jan 18, 2020| 09:59 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।