मंगलबार, भदौ २, २०८३

लगातारको वर्षा त रोकियो, कस्तो रहने छ त आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाले लगातारको वर्षामा आजबाट कमि आउने बताएको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले लगातारको वर्षामा आजबाट कमि आउने बताएको छ। महाशाखाले अझैपनि पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहे पनि आजबाट मौसममा क्रमिक सु्धार आउने बताएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार आउँदै गएको महाशाखाको अनुमान छ।

बिहीबार र शुक्रबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात भएको थियो। शनिबार उपत्यकाको मौसममा पूर्णरुपमा सुधार नआएको भएपनि वर्षा भने रोकीएको छ। मौसमविद् सजिना शाक्यले मौसममा सुधार आउँदै गएको भएपनि देशका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको संभावना भने रहेको जानकारी दिइन्। अहिले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भई धेरै ठाउँमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि बिहान देखि नै बदलीसहित बाक्लो हुस्सु लागेको छ।

शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

काठमाडौंमा लगातारको वर्षा शुक्रबार राति देखि रोकीएको थियो। बिहीबार साँझदेखि उपत्यकामा निरन्तर वर्षा भएको थियो। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उपत्यकासहित देशैभर बदली र वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंमा ४८ मिलिमिटर वर्षा भएको छ। वीरेन्द्रनगरमा ६०, धनगढीमा ३८, डडेलधुरामा २२, भैरहवामा ४१, दाङमा २०, पोखरामा २६ र नेपालगञ्जमा १० मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

प्रकाशित: Jan 18, 2020| 08:43 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।